बुद्ध जयन्तीकाे अवसरमा लुम्बिनीमा शान्ति र्याली (तस्बिरहरु)
बुटवल । २५६७ औँ बुद्ध जयन्ती एव लुम्बिनी दिवसका अवसरमा शुक्रवार बिहान शान्ति र्याली निकालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री सुदन किराँतीले शान्ति र्यालीको शुभारम्भ गरेका हुन् । लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदिप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म र्याली निकालिएको हो ।
मुल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कुटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने सदस्य सचिव सानु राजा शाक्यले बताए ।
आज नै बुद्धको अस्तु धातु रहेको नवलपरासीको रामग्राममा अस्तुधातु यात्रा निकालिने भएको छ । पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्ध जयन्ती विशेष समारोहको आयोजना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
_bSrbV1bd16.jpg)
_HhWFWc00Gp.jpg)
_4l6XLrLcMR.jpg)
_dt4LyvoFLW.jpg)
_TwpwJueNJ8.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण