लघुकथा : मजदुर दिवस
“आमा, मेरो स्कुल बिदा हो भोलि ।” छोरीले भनिन् ।
“मेरो पनि बिदा हो, क्या मज्जा ।” छोराले पनि भन्यो ।
“बुबा–आमासँग घुम्न नगएको कति भयो । हामी पनि कतै घुम्न जाऊँ न ।” छोरीले प्रस्ताव राखिन् ।
“टाढा पनि नजाने, किन्न पनि केही नकिन्ने, घुम्न मात्र जाने है बुबा ?” छोराले थप्यो ।
उनीहरू दुबैलाई थाहा छ बुबा–आमाको खल्तीको तापक्रम सदैव जिरो डिग्री भन्दा कम हुन्छ ।
“अर्को दिन जाउँला नि, हुन्न ?” आमाले भनिन् ।
“आमाले भनेपछि भयो त, अर्को दिन गए हुन्छ । मेरो भोलि फुर्सद छैन । पानी ट्याङ्कीको ढलान नगरी एक दिन पनि काम नरोक्नु भन्या छन् बन्दै गरेको घरको साहुले । भोलि सट्रिङ्ग सक्नु छ ।” बुबाले भने ।
“म काम गर्ने घर पनि भोलि कुन्नि के दिवस भएर साहेबको बिदा हो रे । बिदा भएपछि मालिकका धेरै साथी जम्मा भएर तास खेल्छन् । मलाई त फुर्सद हुँदैन । बरु मालिकको बिदा नहुने दिन तिमीहरूको बिदा पर्यो भने घुम्न जाउँला नि है ?” आमाले भनिन् ।
छोराछोरीहरू क्यालेन्डरमा आफ्नो मात्र छुट्टी हुने सार्वजनिक बिदा खोज्दै थिए ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण