बलात्कार मुद्दामा ट्रम्पको बयानको भिडियो सार्वजनिक
न्युयोर्क । अमेरिकाको एक अदालतले बलात्कार मुद्दामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानको भिडियो सार्वजनिक गरेको छ ।
४८ मिनेटको भिडियोमा ७६ वर्षीय ट्रम्पले गल्तीले बलात्कारको आरोप लगाउने ई ज्या क्यारोलको तस्बिरलाई आफ्नी पूर्वपत्नी मार्ला म्यापल्स ठानेको देखिन्छ ।
ट्रम्प यस भिडियोमा क्यारोलको बलात्कार आरोपलाई अस्वीकार गर्दै देखिएका छन् । उनले क्यारोलको आरोपलाई हास्यास्पद र बेतुकको भनेका छन् ।
ट्रम्पले यो मेरो टेप होइन भनिरहेका छन्। बिहीबार क्यारोल र ट्रम्पका वकिलहरूले यस विषयमा एक अर्कासँग बहस गरे। सुनुवाइका क्रममा ट्रम्प भने अदालतमा उपस्थित थिएनन् ।
यस दौरानमा उनका वकिलहरूले साक्षीलाई समेत बोलाएनन्। न्यायाधीशको आदेश पछि, पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष अक्टोबरमा क्यामेरामा शपथ लिएर बयान दिएका थिए।
क्यारोलले सन् १९९० को मध्यमा न्युयोर्क शहरको डिपार्टमेन्ट स्टोरमा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । यो भिडियो बिहीबार न्यायाधीशहरूलाई देखाइएको थियो।
एक सञ्चार संस्थाले निवेदन दिएपछि शुक्रबार पहिलो पटक सार्वजनिक गरिएको हो । बयानका क्रममा ट्रम्पलाई हलिउड टेप देखाइएको थियो, जुन २०१६ मा ट्रम्पको राष्ट्रपतिको चुनावी अभियानका क्रममा 'वाशिंगटन पोस्ट'ले प्रकाशित गरेको थियो। यस टेपमा ट्रम्प अलि असहज स्थितिमा बसेर ‘तपाईं स्टार हुनुहुन्छ’ भने महिलासँग जे पनि गर्न सक्नुहुन्छ भनेर भनिरहेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण