शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटले खर्च कटौती र मितव्ययिता अपनाउने

आइतबार, २४ वैशाख २०८०, १७ : ३८
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले व्यापक खर्च कटौती र मितव्ययिता अपनाउने भएको छ ।

आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)को प्रस्ताव पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक समस्याकाबीच आउने आर्थिक वर्षको बजेट परिणाममुखी र प्रभावकारी बनाउन अधिकतम प्रयत्न गरिने बताए । 

खर्चको आवश्यक र उपयोगितालाई ख्याल गर्दै बजेटलाई चुस्त र दुरुस्त बनाइने उनले बताए । विश्वको परिघटना र केही आन्तरिक समस्याले मुलुकको अर्थतन्त्रमा देखिएको मन्दीलाई चिर्दै बजेटले सन्तुलित विकासको लक्ष्य बोक्ने उनले बताए । राजस्वको स्रोत खुम्चिएको अवस्थामा सरकार राजस्वको वृद्धिसँगै बजेटको अधिकतम उपयोगितामा केन्द्रित हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप