बजेटले खर्च कटौती र मितव्ययिता अपनाउने
आइतबार, २४ वैशाख २०८०, १७ : ३८
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले व्यापक खर्च कटौती र मितव्ययिता अपनाउने भएको छ ।
आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)को प्रस्ताव पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक समस्याकाबीच आउने आर्थिक वर्षको बजेट परिणाममुखी र प्रभावकारी बनाउन अधिकतम प्रयत्न गरिने बताए ।
खर्चको आवश्यक र उपयोगितालाई ख्याल गर्दै बजेटलाई चुस्त र दुरुस्त बनाइने उनले बताए । विश्वको परिघटना र केही आन्तरिक समस्याले मुलुकको अर्थतन्त्रमा देखिएको मन्दीलाई चिर्दै बजेटले सन्तुलित विकासको लक्ष्य बोक्ने उनले बताए । राजस्वको स्रोत खुम्चिएको अवस्थामा सरकार राजस्वको वृद्धिसँगै बजेटको अधिकतम उपयोगितामा केन्द्रित हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण