नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् तीन दलका प्रमुख नेता ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताए ।
उनले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले संसद् बैठकमा सो प्रकरणको सम्बन्धमा कुरा उठ्नुले सरकारको मनोबल बढेको बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराए ।
अध्यक्ष ओलीले आरोपित एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पारे ।
नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले आरोपित जुनसुकै पार्टीको भएपनि दोषी देखिएमा कारबाही हुनुपर्ने बताए । उनले सरकार ढलेपनि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण