नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् तीन दलका प्रमुख नेता ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताए ।
उनले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले संसद् बैठकमा सो प्रकरणको सम्बन्धमा कुरा उठ्नुले सरकारको मनोबल बढेको बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराए ।
अध्यक्ष ओलीले आरोपित एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पारे ।
नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले आरोपित जुनसुकै पार्टीको भएपनि दोषी देखिएमा कारबाही हुनुपर्ने बताए । उनले सरकार ढलेपनि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला
-
पोखराबाट सातै प्रदेशमा हवाई उडानको तयारी
-
विपिन जोशीबारे अझै केही सूचना आएन
-
१० बजे १० समाचार : नगरकोटबाट पूर्वराजाको सक्रियतादेखि रवीन्द्रलाई अर्को ‘आपत’सम्म
-
राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता
-
पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो