उदयपुरमा स्थानीय तहबाटै श्रम स्विकृति दिन सुरु
उदयपुर । वैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानीय पालिकाहरुले श्रम स्विकृति दिन सुरु गरेका छन् । यसै क्रममा त्रियुगा नगरपालिकाले पनि आइतबारवाट वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरेको हो ।
संघीय सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै त्रियुगा नगरपालिकाले पनि आइतवारवाट श्रम स्विकृति दिन सुरु गरेको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।
उनका अनुसार यसरी श्रम स्विकृति दिईदा आफनो नगरपालिका भित्रको सम्पुर्ण विवरण प्राप्त हुने र बैदेशिक रोजगारीवाट फर्केर आएकालाई नयाँ काम दिने कार्यका लागि महत्वपुर्ण अभिलेख पनि हुनेछ ।
श्रम स्विकृतिका लागि वडा नम्बर ६ नम्बर चिरन्जिवी पोखरेलले साउदी अरेबिया जानका लागि माग गरेको श्रम स्वीकृतिको निवेदनलाई सदर गर्दै नगरपालिकाले सो कार्यको प्रारम्भ गरेको हो । संघीय सरकारले गत वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्याउने निर्णय लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण