सांसद तामाङको प्रश्न– ‘नेपालले के बेचेर संवृद्ध हुने हो ?

काठमाडौँ । सांसद छिरिङलामु तामाङले प्रतिनिधिसभामा सरकार माथि प्रश्न गरेकी छिन् । विनियोजित विधेयक २०८०/८१ माथिको छलफलमा बोल्दै सांसद तामाङले नेपाल के बेचेर संवृद्ध हुने हो ? प्रस्ट हुन सरकारलाई आग्रह गरिन् ।
‘नेपालको बिजनेस प्लान के हो ? नेपाल के बेचेर संवृद्धि हासिल गर्ने हो ? यो कुरामा छलफल हुन जरुरी छ । विकसित देशहरूले आफ्नो व्यापारको पहिचान गरेर बिक्री वितरण गर्दा संवृद्ध भएका छन् । उनीहरूको अर्थतन्त्र दिगो र भरपर्दो छ । कुनै देशले प्रविधि बेचेका छन्, कुनै देशले कृषि उत्पादन बेचेका छन् भने केही देशले खनिज पदार्थ बेचेर संवृद्ध भएका छन् । तर नेपालले के बेच्ने हो ?’
सभामुखलाई उद्धृत गर्दै सांसद तामाङले भनिन्, ‘विश्वमा जडीबुटीका लागि प्रमुख मानिने नेपालले कर्णालीको जबुटीलाई निर्यातको प्रमुख साधन मान्नुपर्छ । प्रचुर सम्भावना भएको जलविद्युत (ऊर्जा) मा लगानी गरौँ, पर्यटनमा लगानी गरौँ । शिक्षा स्वास्थ्यमा लगानी गरौँ’ सांसद तामाङले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान
-
क्यानभासमा तान्त्रिक मिलारेपाको कथा