शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वन क्षेत्रलाई रोजगारीसँग जोडेर लैजानुपर्छ–मुख्यमन्त्री कार्की

सोमबार, २५ वैशाख २०८०, १७ : ४५
सोमबार, २५ वैशाख २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् । 

पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्वमा योगदान कम रहेको उनको भनाइ छ ।

‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ’, मुख्यमन्त्री कार्कीले भने । 

सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त पस्तु गर्दै उनले बनलाई पर्यटनसँग जोडेर लैजाँदा  निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप