पत्रकार महिला : कुन बिटमा काम गर्ने कति ?

काठमाडौँ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)को एक अध्ययनले ‘परराष्ट्र र सुरक्षा मामिला’ बिट हेर्ने महिला पत्रकारको संख्या देशभर ६.६ रहेको देखाएको छ । म्यागले सोमबार (२५ वैशाख)मा एक कार्यक्रम गरी आफ्नो अध्ययनको प्रतिवेदन सार्वजनिक ग¥यो ।
प्रतिवेदन अनुसार, सामाजिक बिटमा २३.९ प्रतिशत, राजनीतिक बिटमा १३.३ प्रतिशत र स्वास्थ्य बिटमा ११.१ प्रतिशत महिला पत्रकार कार्यरत रहेको देखाएको छ । यस्तै, आर्थिक, वातावरण र मनोरञ्जन बिट प्रत्येकमा ६.२ प्रतिशत, खेलकुदमा २.२ प्रतिशत, कानुनमा ०.४ प्रतिशत र सबै बिट (अलराउन्डर)मा ४ प्रतिशत महिला पत्रकार कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘विदेश तथा सुरक्षा मामिला रिपोर्टिङमा महिला पत्रकारको अवस्था’ केलाउनका लागि म्यागले अमेरिकी दूतावासको सहयोगमा छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत आठ सय महिला पत्रकारलाई प्रश्नावली पठाएको थियो । जसमध्ये पाँच सय महिला पत्रकारले दिएको जवाफका आधारमा यो प्रतिवेदन तयार गरिएको हो ।
सन् २०२२ नोभेम्बरदेखि २०२३ को फेब्रुअरीसम्म गरिएको यस अध्ययनमा सहभागी (५०० जना) मध्ये २३.६ प्रतिशतले परराष्ट्र र सुरक्षा मामिलामा महिला पत्रकारको सहभागिता कम हुनुमा जेन्डर स्टेरियोटाइप्स र लैंगिक पूर्वाग्रह मुख्य रहेको बताएका थिए ।
यस्तै, अध्ययनमा सहभागीमध्ये ८५.६ प्रतिशत महिला पत्रकारले परराष्ट्र र सुरक्षा बिटमा काम गर्न इच्छुक रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो
-
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु
-
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर
-
पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय
-
ड्यानी पर्ल, बहावलपुर र अपरेसन सिन्दूर
-
अख्तियारको छापापछि पनि टसमस छैनन् सन्तोषनारायण