पत्रकार महिला : कुन बिटमा काम गर्ने कति ?
काठमाडौँ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)को एक अध्ययनले ‘परराष्ट्र र सुरक्षा मामिला’ बिट हेर्ने महिला पत्रकारको संख्या देशभर ६.६ रहेको देखाएको छ । म्यागले सोमबार (२५ वैशाख)मा एक कार्यक्रम गरी आफ्नो अध्ययनको प्रतिवेदन सार्वजनिक ग¥यो ।
प्रतिवेदन अनुसार, सामाजिक बिटमा २३.९ प्रतिशत, राजनीतिक बिटमा १३.३ प्रतिशत र स्वास्थ्य बिटमा ११.१ प्रतिशत महिला पत्रकार कार्यरत रहेको देखाएको छ । यस्तै, आर्थिक, वातावरण र मनोरञ्जन बिट प्रत्येकमा ६.२ प्रतिशत, खेलकुदमा २.२ प्रतिशत, कानुनमा ०.४ प्रतिशत र सबै बिट (अलराउन्डर)मा ४ प्रतिशत महिला पत्रकार कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘विदेश तथा सुरक्षा मामिला रिपोर्टिङमा महिला पत्रकारको अवस्था’ केलाउनका लागि म्यागले अमेरिकी दूतावासको सहयोगमा छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत आठ सय महिला पत्रकारलाई प्रश्नावली पठाएको थियो । जसमध्ये पाँच सय महिला पत्रकारले दिएको जवाफका आधारमा यो प्रतिवेदन तयार गरिएको हो ।
सन् २०२२ नोभेम्बरदेखि २०२३ को फेब्रुअरीसम्म गरिएको यस अध्ययनमा सहभागी (५०० जना) मध्ये २३.६ प्रतिशतले परराष्ट्र र सुरक्षा मामिलामा महिला पत्रकारको सहभागिता कम हुनुमा जेन्डर स्टेरियोटाइप्स र लैंगिक पूर्वाग्रह मुख्य रहेको बताएका थिए ।
यस्तै, अध्ययनमा सहभागीमध्ये ८५.६ प्रतिशत महिला पत्रकारले परराष्ट्र र सुरक्षा बिटमा काम गर्न इच्छुक रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण