फिल्ममा ‘ट्वीस्ट’ ल्याउने चरित्र मेरो छ : तेज गिरी
काठमाडौँ । ‘हुक्काः एन एब्जर्ड ड्रिम्स’ अगामी जेठ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो । शम्भु थापाद्वारा निर्देशित फिल्मको मुख्य भूमिकामा अभिनेता तेज गिरी रहेका छन् ।
‘काले’, ‘धौली’, ‘पञ्चेबाजा’, ‘लभ लभ लभ’, ‘गोपी’, ‘प्रेमगञ्ज’ लगायत फिल्म अभिनयपछि तेज ‘हुक्काः एन एब्जर्ड ड्रिम्स’मा देखिन लागेका हुन् ।
फिल्ममा आफू ‘ट्वीस्ट’ ल्याउने चरित्रमा रहेको तेजले बताए । ‘यो फिल्ममा मेरो अहिलेसम्मकै फरक खालको चरित्रमा छ । म सकारात्मक र नकारात्मक भन्दा पनि अलिक मध्यम किसिमको चरित्रमा देखिएको छु’ उनले भने ‘फिल्मको कथामा ‘ट्वीस्ट’ ल्याउने पात्रको भूमिकामै म छु । त्यो भन्दा माथि भन्न मिल्दैन ।’
अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’मा उनी लभर ब्वायको रुपमा देखिएका थिए । फिल्ममा उनी अभिनेत्री बेनिशा हमालको प्रेमी बनेका थिए । प्रेमीको रुपमा समेत चर्चा पाएका तेजले यो फिल्म अभिनयबाट पनि चर्चा मिल्ने आस गरेका छन् ।
‘फिल्मले पश्चिम क्षेत्रको माटो, हावापानीसँगै पोखरा आसपासको भाषालाई फिल्ममा अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ’, तेजले थपे ‘फिल्मले पुर्खाले प्रयोग गर्ने हुक्काको परिभाषालाई फेरेको छ ।’ हुक्काको परापूर्वकालमा छुट्टै महत्व थियो । कुनै पनि वस्तुको लतले मान्छेलाई के–केसम्म गर्न लगाउँछ भन्ने फिल्मले देखाउन खोजेको उनले सुनाए ।
‘हुक्काः एन एब्जर्ड ड्रिम्स’मा तेजको अलवा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक लगायतको अभिनय देख्न सकिन्छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको पोखरामा छायाङ्कन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण