फेरि सरकारमा सहभागी हुने बाटो खोज्दै जनमत
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले फेरि संघीय सरकारमा सहभागी हुन इच्छा देखाएको छ । राजेको मन्त्रालय नपाएपछि यसअघि जनमत पार्टीका मन्त्री अब्दुल खानले राजीनामा दिएका थिए । तर, सो पार्टीले सरकारलाई दिँदै आएको समर्थन भने कायमै राखेको छ ।
हाल आएर जनमत फेरि सरकारमा जाने बाटोको खोजीमा देखिएको हो । विकासे मन्त्रालय पाउने अवस्था बने पार्टी फेरि सरकारमा जाने जनमतका उपाध्यक्ष दीपक साहले बताए । उनका अनुसार यसअघि पनि जनमतले सरकार छाड्न चाहेको थिएन । तर सहमति भए अनुसारको मन्त्रालय नपाएको कारण मात्रै पार्टीका मन्त्रीले राजीनामा बुझाएको साहको भनाइ छ ।
उनले भने, ‘अहिले पनि हामीलाई विकासे मन्त्रालय दिइयो भने सरकारमा सहभागी हुनसक्छौं ।’ सुरुमै माओवादी–एमाले गठबन्धनको सरकार गठन हुँदा जनमत पार्टीले उद्योग र कृषि वा दुईमध्ये एउटा कुनै एक मन्त्रालयको चाहना राखेको थियो । तर भागबन्डामा जनमत पार्टीले खानेपानी मन्त्रालय पायो । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले एक हप्तासम्म खानेपानी मन्त्रालयको कार्यभार नै सम्हालेनन् ।
खानेपानी मन्त्रालयसँगै अर्को एक मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएपछि खानले कार्यभार सम्हालेका थिए । तर लामो समय बित्दा पनि थप मन्त्रालय दिइएन । त्यसका लागि राउतले प्रधानमन्त्री प्रचण्डसँग पटक पटक छलफल गरेका थिए ।
उपाध्यक्ष साहका अनुसार प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी गराउने छलफल चलाइएपछि जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डले सहमति गरेका थिए । तर जनमतलाई उद्योग मन्त्रालय नदिएर खानेपानी मन्त्रालयमा नै कायम राखियो । ‘उद्योग मन्त्रालय दिने सहमति भएको थियो । त्यो मन्त्रालय नपाएको कारण जनमत सरकारबाट फिर्ता भएको थियो’, साहले भने, ‘अहिले त्यस्तै कुनै विकासे मन्त्रालय पाए सरकारमा सहभागी हुने गरी जनमत पार्टीले छलफल थालेको छ ।’
अध्यक्ष राउत यसबारे प्रधानमन्त्री प्रचण्डसँग नियमित सम्पर्कमा छन् । प्रधानमन्त्री प्रचण्डले पनि जनमतलाई सरकारमा सहभागी गराउने आश्वासन दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण