आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

मङ्गलबार, २६ वैशाख २०८०, २१ : २५
मङ्गलबार, २६ वैशाख २०८०

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रोहिणी-३ झुमा परासीस्थित सडकमा ना ८ ख २०९७ नम्बरको ट्रकले लु ७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका ५ तरैनी बस्ने २३ वर्षीय निराजन चौधरीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप