नेप्से सूचक २ अंकले घट्यो, ५८ करोडको मात्र कारोबार
बुधबार, २७ वैशाख २०८०, १६ : २२
काठमाडौँ । बुधबार नेप्से सूचक २ अंकले मात्र घटेको छ । अघिल्लो दिन १० अंकले बढ्दै १८ सय ४४ अंकको विन्दुमा पुगेको नेप्से सूचक बुधबार पुनः २.४३ अंकले घट्दै १८ सय ४१.९३ अंकको विन्दुमा झरेको हो ।
उसो त यस दिन कारोबार रकम समेत घटेर ५८ करोड ९१ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अघिल्लो दिन १० अंकले नेप्से बढ्दै गर्दा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएको छ भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएको छ ।
आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.२४ प्रतिशतले बढेको छ भने एनसीसी डिभेन्चर फण्डको मूल्य ७.२४ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण