परिसूचक खुम्चँदै गएपछि लगानीकर्तामा देखिएन उत्साह, कारोबार आधा अर्बमा खुम्चियो
काठमाडौँ । सेयर बजार निरन्तर घट्दै गएपछि लगानीकर्ताको उत्साह समेत घट्दै गएको छ । आज कारोबार सुरु भएदेखि घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३४ अंकले खुम्चिएको छ । यो लगातार दोस्रो दिनमा आएको गिरावट हो ।
परिसूचक निरन्तर खुम्चिँदै गएपछि कारोबार रकम समेत खुम्चन थालेको छ । आज नेप्सेमा जम्मा ५७ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । यो न्यून कारोबार हो । खासगरी, नेप्से परिसूचक निरन्तर घटेर १८३८ अंकमा आइपुगेपछि लगानीकर्ताको उत्साह नै घटेको हो ।
यसक्रममा आज २१ लाख कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ०.१८ अंकले घटेको दिन ६४ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १३८ वटा कम्पनीको सेयर मूल्य घट्दा १४ वटाको भने स्थिर कायम छ ।
यसक्रममा आज सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेको छ भने फ्लोट परिसूचक ०.२१ अंकले र सेन्सेटिभ फ्लोट परिसूचक ०.२६ अंकले खुम्चिएको छ । नेप्से परिसूचक ३ अंकले घट्दा कारोबारमा आएका १३ मध्ये ३ समूहमाचाँही वृद्धि देखिएको छ ।
आज बैंक समूह ०.६२ अंकले बढ्दा जीवन बीमा समूह १.७२ अंकले बढेको छ । यस्तै, म्यूचुअल फण्ड समूहमा ०.०६ अंकको वृद्धि आएको छ । यो अन्य समूहमा आएको गिरावटको तुलनामा न्यून वृद्धि हो । कारोबारमा आएका १३ मध्ये १० समूह भने घटेका छन् ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ । यस्तै, फोरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.९९ प्रतिशतले घटेको छ । यसक्रममा आज नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण