एमाले केन्द्रीय कमिटी बैठक : चार प्रदेशका प्रतिवेदन पेस, कार्ययोजना निर्माणका लागि निष्कर्ष प्रस्तुत
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का विषयमा चार प्रदेशका संयोजकहरूले प्रतिवेदन प्रस्तुत गरेका छन् ।
एमालेको जारी केन्द्रीय कमिटीको पाँचौ बैठकको दोस्रो दिन शुक्रबार बाग्मती प्रदेशको प्रतिवेदन गोकर्ण बिष्ट र गण्डकी प्रदेशको प्रतिवेदन पद्मा अर्यालले प्रस्तुत गरेका हुन् । यस्तै सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटव्यूरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रस्तुत गरेका छन् ।
बैठकमा प्रस्तुत प्रतिवेदनमाथि नौवटा समूह बनाएर छलफल गरिएको र समूह छलफलपछि सबै समूहका निष्कर्ष प्रस्तुत भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए ।
सचिव विष्टका अनुसार भूगोलका सात प्रदेशबाट प्रदेश अध्यक्षहरूले निष्कर्ष सुनाएका थिए । जसमा सुदूरपश्चिमबाट दामोदर भण्डारी, कर्णालीबाट विनोद शाह, लुम्बिनीबाट राधाकृष्ण कँडेल, गण्डकीबाट नवराज शर्मा, बाग्मतीबाट केशव पाण्डे, मधेशबाट राम आधार यादव, कोशीबाट तुल्सी न्यौपाने, उपत्यका विशेषबाट प्रेमकुमार पराजुली र सम्पर्क समन्वय कमिटीबाट श्याम बस्नेतले कार्ययोजना निर्माणका लागि समूहको निष्कर्ष प्रस्तुत गरेको एमालेले जनाएको छ ।
पार्टीको वार्षिक कार्ययोजना निर्माणका लागि भोलि (शनिबार) बिहान स्थायी कमिटीको बैठक बस्ने सचिव विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
-
मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण