शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक : चार प्रदेशका प्रतिवेदन पेस, कार्ययोजना निर्माणका लागि निष्कर्ष प्रस्तुत

शुक्रबार, २९ वैशाख २०८०, १९ : ४२
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का विषयमा चार प्रदेशका संयोजकहरूले प्रतिवेदन प्रस्तुत गरेका छन् । 

एमालेको जारी केन्द्रीय कमिटीको पाँचौ बैठकको  दोस्रो दिन शुक्रबार बाग्मती प्रदेशको प्रतिवेदन गोकर्ण बिष्ट र गण्डकी प्रदेशको प्रतिवेदन पद्मा अर्यालले प्रस्तुत गरेका हुन् । यस्तै सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटव्यूरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रस्तुत गरेका छन् ।  

बैठकमा प्रस्तुत प्रतिवेदनमाथि नौवटा समूह बनाएर छलफल गरिएको र समूह छलफलपछि  सबै समूहका निष्कर्ष प्रस्तुत भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए । 

सचिव विष्टका अनुसार भूगोलका सात प्रदेशबाट प्रदेश अध्यक्षहरूले निष्कर्ष सुनाएका थिए । जसमा सुदूरपश्चिमबाट दामोदर भण्डारी, कर्णालीबाट विनोद शाह, लुम्बिनीबाट राधाकृष्ण कँडेल, गण्डकीबाट नवराज शर्मा, बाग्मतीबाट केशव पाण्डे, मधेशबाट राम आधार यादव, कोशीबाट तुल्सी न्यौपाने, उपत्यका विशेषबाट प्रेमकुमार पराजुली र सम्पर्क समन्वय कमिटीबाट श्याम बस्नेतले कार्ययोजना निर्माणका लागि समूहको निष्कर्ष प्रस्तुत गरेको एमालेले जनाएको छ । 

पार्टीको वार्षिक कार्ययोजना निर्माणका लागि भोलि (शनिबार) बिहान स्थायी कमिटीको बैठक बस्ने सचिव विष्टले जानकारी दिए ।   

g

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप