चलचित्र समाजको ऐना : उपराष्ट्रपति यादव
काठमाडौँ । काठमाडौँस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार एक समारोहको आयोजना गर्दै ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले २०७७, २०७८ र २०७९ सालमा प्रदर्शन भएका नेपाली चलचित्र तथा कलाकर्मीलाई पुरस्कृत गरे ।
तीन वर्षदेखि रोकिएको अवार्ड समारोहमा कलाकर्मीलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको उपराष्ट्रपति यादवले बताए । “यो क्षेत्रले मनोरञ्जन प्रदान गर्ने मात्र नभई हाम्रो मौलिक भाषा, भेषभूषा, संस्कृति, इतिहासको संरक्षण र सम्वर्द्धन पनि गरिरहेको छ । यो सिर्जनशिल कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो”, उपराष्ट्रपति यादवले भने, “सीमित स्रोत, साधन र बजारको बाबजुद नेपाली चलचित्रले निर्माण गरेको उचाइ हाम्रो लागि गौरवको विषय हो किनकि चलचित्र हाम्रो समाजको ऐना हो ।”
उनले समारोहमा दुई पाका प्राविधिकलाई दीर्घसाधना सम्मान प्रदान गर्नुभयो । समारोहमा भान्छा व्यवस्थापक जेठा दाइका उपनामले परिचित कुलबहादुर महत र शृङ्गारकर्ता सन्तु तामाङलाई नगद राशि एकाउन्न हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
अवार्ड आयोजक दिनेश डिसीले पर्दामा देखिने वस्तु वा व्यक्ति चम्काउन जीवन बिताए पनि योगदान गौण जस्तो देखिने तर महत्वपूर्ण कर्मशील हातलाई सलाम गर्ने उद्देश्यले सम्मान गरिएको बताए । समारोहमा क्याराभान र हनी हन्टर चलचित्रका फ्रान्सेली निर्देशक एरिक भ्याली, निर्देशक निश्चल बस्नेत, निर्माता सन्तोष सेनसँगै कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई’ ट्रेण्डसेटर अवार्ड’ प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण