शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
घट्दो अर्थतन्त्र, बढ्दो खाली सटर (तस्बिर)

घट्दो अर्थतन्त्र, बढ्दो खाली सटर (तस्बिर)

शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौँका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ । 

भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु-लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरु प्रशस्तै देखिन्छन् । व्यापारीहरू चिन्ताजनक छन्, यस्तो अवस्था देखेर। देशकै राजधानी जस्तो ठाउँको हालत यस्तो छ भने राजधानी बाहिरको अवस्था नि नाजुक बन्न सक्ने खतरा हुनसक्ने  अर्थविद्हरू भन्छन् । 

सानादेखि ठुला सबै व्यापार अहिले पहिलाको भन्दा न्यून नै छ भन्दा हुन्छ। राजधानीका मलहरू कुनै बेला हप्ताको सातै बार भिडभाड हुने गर्थ्यो तर अहिलेको अवस्था फरक छ, ठुला ठुला भनिएका मल कम्प्लेक्स हरू सुनसान मात्र देखिन्छन् । ठुला र मुख्य व्यापारिक क्षेत्रका मलहरूको अवस्था नि उस्तै छ । मल भित्रकै सटर खालि हुँदै गएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया