निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
सारांश
- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
- उनले निर्वाचन आयोग तटस्थ भएर काम गर्ने राजनीतिक प्रकृतिको संस्था भएकाले नियुक्ति प्रक्रियालाई अझ पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने धारणा व्यक्त गरिन्।
- उनले संसदीय सुनुवाइलाई औपचारिकता मात्रै नबनाई योग्य व्यक्तिको छनोटका लागि खुला छलफल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छन्।
काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएकी हुन्।
निर्वाचन आयोग तटस्थ भएर काम गर्ने राजनीतिक प्रकृतिको संस्था भएकाले नियुक्ति प्रक्रियालाई अझ पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने उनको भनाइ छ। वर्तमान सरकारले पनि पुरानै अभ्यासलाई निरन्तरता दिएको उल्लेख गर्दै उनले सुनुवाइ प्रक्रियालाई हतार नगरी सबै पक्षसँग पर्याप्त छलफल गरेर सहमतिमा नै अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
बैठकमा बोल्दै उपनेता अर्यालले भनिन्, ‘अहिले जुन खालको वातावरण छ, यसमा खुला प्रतिस्पर्धा नै राम्रो हो। निर्वाचन आयोग हेर्दा तटस्थ तर काम गर्ने राजनीतिक संस्था हो। त्यसैले यस्ता संस्थामा एकदम खुला प्रतिस्पर्धाको व्यवस्था गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो तर हामीले पुरानै अभ्यासलाई समातेर अगाडि बढिरहेका छौँ। अब संसदीय सुनुवाइलाई औपचारिकता मात्रै नबनाउने र साँच्चै राम्रो बनाउने हो भने अलि फराकिलो ढंगले छलफल गरौँ। त्यो खालको वातावरण बनाएर योग्य भन्दा योग्य व्यक्ति आओस् भन्ने नै हाम्रो चाहना हो।’
उनले संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिलाई समितिले औपचारिक रूपमा अनुमोदन गर्ने मात्रै काम गर्न नहुने र योग्य व्यक्तिको छनोटका लागि खुला छलफल गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण