उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित
विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध अध्यक्षतामा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको ५० औं साधारणसभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । २६ औं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तिय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, उर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपीन कावरा पनि निर्विरोध चुनिएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुवोध कोइरालासहित आठजना सदस्य पनि निर्विरोध छानिएका छन् ।
त्यसैगरी सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । कार्यसमितिमा थप तीन जना सदस्य अध्यक्षले मनोनित गर्ने संगठनको विधान छ ।
संगठनमा वरिष्ट उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भएपनि निवर्तमान वरिष्ट उपाध्यक्ष प्रदिप मुरारका सुपारी कारोबारमा विवादमा मुछिएपछि उनले उम्मेदवारी नदिँदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएका हुन् । २०२४ सालमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन् । यो संगठनमा सुनसरी मोरङ औधोगिक क्षेत्रका २ सय ३५ उद्योग तथा प्रतिष्ठान आवद्ध छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण