बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याएको ६ करोड बढीको जुत्ता बरामद

आइतबार, ३१ वैशाख २०८०, १२ : ०३
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । सशस्त्र प्रहरीले मकवानपुरको हेटौँडाबाट ठुलो परिमाणमा भन्सार छलीको जुत्ता बरामद गरेको छ । हेटौडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ६ करोड भन्दा धेरैको जुत्ता बरामद गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

एडिडास र सुपरस्टार जुत्ता बरामद गरिएको छ । अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ३ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शङ्कास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले सो जुत्ता बरामद गरेको डिएसपी थापाले जानकारी दिए । 

नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप