सबै मिलेर बेतिथि अन्त्य गर्नु पर्छ– मन्त्री लिम्बू
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नु बताएका छन् ।
नेपाल तेक्वान्दो संघले खेलकुद मन्त्री लिम्बूको सम्मानमा आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा मन्त्री लिम्बूले सो कुरा बताएका हुन् ।
उनले अधिकारका लागि सबैले एक जुट भएर लड्नु पर्ने बताउँदै सत्यका लागि आफूले सधैँ साथ दिने प्रतिबद्धता जनाए ।
सोही कार्यक्रममा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई पनि नगदसहित सम्मान गरेको थियो ।
खेलकुद मन्त्रीले सिर्जनालाई १ लाख तथा प्रशिक्षक लामालाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
गत २०७९ मंसिर २२ गते देखि २४ गते सम्म साउदी अरवियको रियादमा सम्पन्न भएको रियाद २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राण्ड प्रिस फाईनल जि १० प्रतियोगितामा विश्व वरियतामा रहेका खेलाडीहरु पहिलो फाईटमा मेक्सिकोका खेलाडीलाई हराउँदै सेमिफाईनमा ब्रजिलका खेलाडी र फाइनलमा टर्कीका खेलाडीलाई हराउँदै सिर्जनाले एतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
सिर्जनाले एसियाली यूथ पारा खेलकुद २०२१ बहराईन र २०२२ इरानमा सम्पन्न भएको चौथौ डब्लु।टि प्रेसिडेन्ट्स कप एशियन रिजनमा रजत पदक जितेकी थिइन् ।
सृजना घिसिङ्ग, पलेशा गोवर्धन, राम बहादुर अधिकारी, अमिर ब्लोन र लोकराज शाहीले आगामी चिनमा हुने हांग्जाउ २०२२ एशियन पारा गेम्स र फ्रान्समा हुने पेरिस २०२४ पारा ओलम्पिक गेम्सको लागि दैनिक प्रशिक्षण गरिरहेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।
लामा सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समाहाल्दै आएकोमा अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगिताहरुबाट नेपालको लागि कुल ८ वटा पदक हासिल गर्न सफल प्रशिक्षक हुन् ।
लामाले पारा तेक्वान्दो खेलबाट हांग्जाउ २०२२ एशियन पारा गेम्स र पेरिस २०२४ पाराओलम्पिक गेम्सबाट पदकको ठुलो आशा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण