लिफ्ट मागेर काममा पुगे अमिताभ बच्चन, ब्लगमा लेखे – धन्यवाद
बलिउड अभिनेता अमिताभ बच्चनले सोसल मिडियामा एउटा फोटो सेयर गरेका छन् । उक्त फोटोमा उनी एउटा बाइककाे पछाडि बसिरहेकाे देख्न सकिन्छ ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो घटना उल्लेख गर्दै लेखेका छन्, ‘राइडका लागि धन्यवाद साथी ।’
‘तपाईंलाई चिन्दिनँ तर तपाईंले मलाई समयमा नै कर्मथलो पुग्न मद्दत गर्नुभयो । तेज गतिमा कहिल्यै ठिक नहुने ट्राफिक जामबाट जोगाउँदै । क्याप, सर्ट र पहेँलो टी–सर्टका मालिकलाई धन्यवाद ।’
अभिनेता अमिताभले पछि ब्लगमा लेखे, ‘बाइकको सवारी र यो चलाउने उत्साह कहिल्यै मेटिँदैन... युवावस्थाको सुरुवाती वर्षका दिन दिमागमा आए... कलेजका ती दिन र पिकनिकका ती समय जब परिवारको कार प्रयोग गर्ने अनुमति पाइन्थ्यो ।’
‘ती निर्धक्कका दिन । रमाइलो पल । तर अब सावधानी र सतर्कता अपनाउनु पर्छ । आखिर जीवन नियममा बाँधिएको छ । यो जीवनको हिस्सा हो ।’
उनले लेखे, ‘गाडी चलाउँदै काममा जाऊँ भन्ने धेरै पटक लाग्छ । त आजकाल मानिसहरूले जसरी बाइक चलाउँछन्, त्यो चिन्तित पार्ने किसिमको छ । उनीहरू नियम तोड्दै हिँड्छन् ।’
‘ड्राइभिङ लाइसेन्स कहाँबाट पाउँछन् होला जबकि ड्राइभिङको आधारभूत कौशलमा नै प्रश्न गर्न सकिन्छ... हेलमेट छैन, नीति नियम छैन, ट्राफिक नियम पालना नगरी हिँड्छन् ।’
‘यस्तो अवस्थामा निराशा रिसमा बदलिन्छ र कारबाट बाहिर निस्किएर उनीहरूलाई धेरै पटक सर–सल्लाह दिन मन लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण