कर्णालीका अर्थमन्त्रीको दाबी, ‘बजेटमा बिचौलियाको छाया र प्रभाव पर्दैन’
सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेशको बजेटमा अब बिचौलियाको छाया र प्रभाव नपर्ने दाबी गरेका छन् । यसअघि प्रदेशको अनुदानमा बिचौलियाहरू हाबी भएको भन्दै अब त्यसको अन्त्य गरिने उनको भनाई छ ।
सोमबार आगामी आर्थिक वर्षको बजेटमा पत्रकारको राय सुझाव माग गरेका सिंहले बजेटमा राजनीतिक गन्धसमेत नआउने ठोकुवा गरे । ‘यो जनताको बजेट हो, जनताकै पक्षमा रहेर ल्याउँछौँ र सोही अनुसार कार्यान्वयन हुन्छ,’ सिंहले भने, ‘कसैको दबाब र प्रभावमा बजेट ल्याउने र कार्यान्वयन गर्ने काम हुँदैन । जनताको पक्षमा आउँछ ।’
मन्त्री सिंहले आफू मन्त्री भए देखिनै वितरणमुखी योजना र बिचौलियाको रोकथाममा लागिरहेको बताए । समय सापेक्ष यथार्थपरक बजेट ल्याउने बताउँदै मन्त्री सिंहले तत्काल कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा सरकारको ध्यान गएको जिकिर गरे ।
साथै उनले यसअघि २–४ लाख बजेटका योजना समेत वितरण भएका र तीनबाट कुनै रिजल्ट नआएकोले त्यस्ता योजना अबको प्राथमिकतामा नपर्ने उनले बताए । वितरणमुखी योजना रोकथामका साथै बजारीकरणमा आधारित अनुदान अबको प्राथमिकतामा पर्ने सिंहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण