शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहान उठ्ने बित्तिकै पिउनुहोस् मेथी पानी : सुगरका रोगीलाई फाइदाजनक, यस्ता छन् अपत्यारिला स्वास्थ्य लाभ

मङ्गलबार, ०२ जेठ २०८०, ०८ : ३९
मङ्गलबार, ०२ जेठ २०८०

तपाईंको भान्छामा राखिएका यस्ता धेरै मसलाहरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । मात्र यसको सही प्रयोग मात्रै आवश्यक छ । दैनिक बिहान मेथीको पानी पिउनाले पाचन शक्ति बलियो हुन्छ । खाली पेटमा मेथीको दानाको पानी पिउँदा सुगर पनि नियन्त्रणमा रहन्छ । आउनुहोस् मेथीको पानीका स्वास्थ्य लाभका बारेमा थाहा पाऔँ ।

हेल्थ लाइनमा प्रकाशित समाचार अनुसार मेथीलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ यो एक यस्तो जडीबुटी हो जसले स्वास्थ्यलाई धेरै फाइदा दिन्छ । मेथीको दानामा धेरै पोषक तत्त्व पाइन्छ । यसमा आइरन, म्यागनिजलगायतका फाइबर र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनु बढी फाइदाजनक हुन्छ । यसका लागि राति एक गिलास सफा पानीमा मेथीको दाना भिजाएर राख्नुहोस् । बिहान त्यस पानीलाई राम्ररी छानेर खाली पेटमा पिउनुहोस् । तपाईं चाहनुहुन्छ भने, मेथीको दाना पनि खान सक्नुहुन्छ । यसले शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

sugar levelमधुमेह नियन्त्रण 

खाली पेटमा मेथीको दानाको पानी पिउँदा मधुमेह नियन्त्रणमा रहन्छ । मेथीले रगतमा रहेको ग्लुकोजको मात्रा कम गर्छ । मधुमेहका बिरामीले बिहान नियमित रूपमा मेथीको दानाको पानी पिउँदा अत्यधिक स्वास्थ्य लाभ लिन सकिन्छ । 

heart diseaseमुटुका लागि फाइदाजनक 

मेथीको पानी मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसमा हाइपोकोलेस्टेरोलेमिक तत्त्व पाइन्छ जसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ । यसले गर्दा मुटु स्वस्थ रहन्छ । यसको सेवनले रक्तसञ्चार पनि राम्रो हुन्छ । 

fenugreek seed1तौल घटाउनुहोस्

 मेथीको दानामा फाइबर पाइन्छ जसले खाना पचाउन मद्दत गर्छ । हरेक बिहान मेथीको पानी पिउनाले भोक कम गर्न मद्दत गर्छ । यसको सेवनले तौल घटाउँछ ।

digestive systemपाचन प्रणालीलाई बलियो बनाउँछ 

मेथीको पानीको नियमित सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । अपच वा कब्जियतको समस्या भएकाहरूलाई मेथीको पानी निकै फाइदाजनक हुन्छ । मेथीमा पाइने पाचन इन्जाइमले प्यान्क्रियाजलाई बढी सक्रिय बनाउँछ, जसले गर्दा पाचन प्रक्रिया राम्रो हुन्छ ।

fenugreek seed2कोलेस्ट्रोल नियन्त्रण गर्छ 

तपाईंले हरेक बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनुभयो भने तपाईंको शरीरमा खराब कोलेस्ट्रोलको समस्या निको हुन्छ । मेथीको दानाको पानी एक महिनासम्म नियमित पिउने हो भने शरीरमा एचडीएल अर्थात् राम्रो कोलेस्ट्रोल बढ्ने सम्भावना हुन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप