शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘मेक इन नेपाल’ अभियानले दुइ वटा लक्ष्य तय गरेको छ : अध्यक्ष अग्रवाल

मङ्गलबार, ०२ जेठ २०८०, ११ : ०८
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ ।  नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले विदेशी मुद्राको सञ्चितिमा पर्ने दबाब समाधान गर्न आयात घटाउन पर्ने बताएका छन् । आज ‘मेक इन नेपाल’ समिटको उद्घाटन गर्दै अध्यक्ष अग्रवालले विदेशी मुद्राको सञ्चितिमाथि पर्ने दबाब कम गर्न आयात प्रतिस्थापन गर्नुपर्ने बताएका हुन् ।

यसका लागि औद्योगिक विकासको विकल्प नरहेको समेत अग्रवालले बताए । परिसंघले २ दशक अघि नै यो आवश्यकताको आङ्कलन गरेर नेपालमा उद्योग र औद्योगिक वातावरण प्रवर्द्धनको नेतृत्व गर्दै आइरहेको छ । उद्योगले ठुलो लगानी आकर्षणसँगै रोजगारी समेत सृजना गर्ने भएकाले देशमा उद्योग स्थापना हुनुपर्ने अग्रवालको भनाई छ ।

‘यही वास्तविकतालाई मनन गरेर परिसंघले उद्योग मन्त्रालयसँगको सहकार्यमा २ वर्षअघि महत्वकांक्षी अभियान ‘मेक इन नेपालःस्वदेश’ अभियान सार्वजनिक गरेको थियो,’ अध्यक्ष अग्रवालले भने, ‘अभियानका मुख्य दुई उद्देश्य छन् ।’ उनले २ उद्देश्यमध्ये पहिलो – नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने र दोस्रो उद्देश्य नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्व बजारमा पुर्‍याउने लक्ष्य रहेको अग्रवालको भनाई छ ।

यसका लागि प्रतिवर्ष १ हजार नयाँ उद्योग दर्ता, कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना र ५ वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप