सेयर बजारमा सामान्य वृद्धि, १३६ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि आएको छ । आज मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको सेयर बजार अन्तिम समयमा भने सामान्य अंकको वृद्धिसँगै बन्द भएको हो ।
३.३१ अंकको वृद्धिसँगै आज परिसूचक १८ सय २१ अंकमा पुगेर बन्द भएको छ । यो ०.१८ प्रतिशत वृद्धि हो । यसक्रममा आज १३६वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।
आज नेप्सेमा ६४ करोड १ लाख १७ हजार रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै, मायाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले बढेको छ । यस्तै, आज माई खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसक्रममा आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण