नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौँ । आज बुधवार नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा २३.३९ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै वृद्धि सुरु भएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.२८ प्रतिशतले बढेर १८ सय ४५ अंकमा पुगेर बन्द भएको हो ।
यसक्रममा आज नेप्सेमा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार दोहोरो अङ्कले बढ्दा आज १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यसबाहेक २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज नेप्सेमा ३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले सुधारिएको छ । आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्था, इन्स्टन जलविद्युत र ग्रीनलाईफ हाइड्रोपावरको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज माइ खोला हाइड्रोपावरको सेयर मूल्य भने ७.९२ प्रतिशतले घटेको छ ।
परिसूचक दोहोरो अङ्कले बढ्दा सबै १३ वटै समूहमा सुधार आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहको सेयर मूल्य १७१ अङ्कले बढेको छ भने जीवन बीमा समूह ९३ अङ्कले बढेको छ ।
हिजो नेप्सेमा ३.३१ अंकको वृद्धि आउँदा ६४ करोड १ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यो आजकोभन्दा न्यून कारोबार रकम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण