राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रभावकारी बनाउन सरकारले बनायो संयन्त्र
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ । सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न निर्णयहरू गरेको हो ।
राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसहित मन्त्रालयमा बुधबार बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरूको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरूको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको छ । आयोजनाहरूको अवस्थालाई दैनिक अनुगमन गरी त्यसमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । आयोजनाहरूमा देखिएका स्रोत व्यवस्थापनका समस्याहरूलाई पनि समाधान गर्ने गरी मन्त्रालयले निर्णय गरेको छ ।
बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कदम चाल्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिएका थिए । राष्ट्रिय गौरवका रूपमा सूचिकृत भएका आयोजनालाई अरू सामान्य आयोजनाका रूपमा लिन नहुने मन्त्री बस्नेतले बनाए । यी आयोजनाहरू अब तीव्र गतिमा अगाडि बढ्ने पनि उनले बताए । मन्त्रालयले सबै आयोजनाको पब्लिक अडिट गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय सरकार, उपभोक्ता, आयोजना क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरू, निर्माण व्यवसायी, मिडिया, विज्ञहरू र आयोजनाका अधिकारीहरूसहितको सहभागितामा पब्लिक अडिट गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सिँचाइका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन् । जसमा महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाई आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण