नक्कली भुटानी शरणार्थी प्रकरण
ऊर्जा मन्त्रालयमा पुग्नासाथ शमशेर मियाँ प्रहरीको नियन्त्रणमा
बिहीबार, ०४ जेठ २०८०, १३ : १८
काठमाडौँ । नेपाल हज समितिका अध्यक्ष शमशेर मिया बिहीबार ऊर्जा मन्त्रालयमा पुग्नासाथ पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा प्रहरीको आफूलाई खोजेको सुराक पाएपछि उनी फरार थिए ।
शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहलाई सरकारी जिप उपलब्ध गराएको अनुसन्धानबाट थाहा भएको छ । बिहीबार उनले हज समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्को व्यक्तिलाई दिने तयारी गरेका थिए । सो निर्णय गर्न गृह मन्त्रालयबाट फाइल मगाएर ऊर्जा मन्त्रालयमा छिरेका मियाँलाई पक्राउ गरिएको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
गृह मन्त्रालयका ती अधिकृत भन्छन्– ‘हज समितिको फाइल उहाँले गृहबाट मगाउनु भएको रहेछ ।’ शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण