भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ
काठमाडौँ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएको थियो । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएको छ ।
शरणार्थीको नाममा ठग्ने गिराेहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाले उपलब्ध गराएका थिए । गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए । चितवनको सौराहा र काठमाडौँका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ । इम्बोस्ड नम्बर बिएबी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ ।
प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । हज समितिको प्रयोगका लागि उपलब्ध गराएको सो जिप अध्यक्ष मियाँले गिरोहका सदस्यलाई उपलब्ध गराएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री बालकृष्ण खाण र खाणका सल्लाहकार नरेन्द्र केसीसँग अनुसन्धान अधिकृतहरूले त्यसबारे सोधपुछ गरेका छन् ।
शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो प्रकरणमा संलग्न आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईसहित १५ जना प्रहरीको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलिया काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु
-
पश्चिमी वायुको प्रभाव : तापक्रम घट्दा काठमाडौं उपत्यकामा कठ्याङ्ग्रिने जाडो
-
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
-
मंगलबार आज तपाईंले के गर्दा अतिउत्तम हुन्छ ? हेरौँ राशिफल
-
ला लिगामा गेटाफे विजयी, स्पानियोल झर्यो रेलिगेशनमा
-
इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी