सरकारको नीति तथा कार्यक्रम
रुस-युक्रेन युद्धले आपूर्ति प्रणाली नै खल्बलियो : राष्ट्रपति पौडेल
शुक्रबार, ०५ जेठ २०८०, १६ : ३०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका छन् । आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा रुस युक्रेन युद्धका कारण देशको अर्थतन्त्रमा समस्या आएको बताएका हुन् ।
उनले रुस युक्रेन युद्धकासँग विविध काराणले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप उत्पन्न हुनुका साथै आपूर्ति श्रृंखला समेत प्रभावित बनेको बताए । उनले अर्थतन्त्रको बाह्य क्षेत्र र उद्योगको अवस्था सुधार गर्दै लगानीको अवस्था समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
राष्ट्रपति पौडेलले चूनौतीपूर्ण अवस्थालाई समाधान गर्दै आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्ने गरी योजना अघि बढाउन आवश्यक रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण