बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विराट–बर्जु हाफ म्याराथन उद्घाटन

शनिबार, ०६ जेठ २०८०, ०९ : २२
शनिबार, ०६ जेठ २०८०

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २३ किलोमिटरको ‘विराट–बर्जु हाफ म्याराथन’ उद्घाटन भएको छ । उक्त म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले गरेका हुन् । 

खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।

ऐतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दु धर्मालम्बीहरुको महत्त्वपूर्ण गन्तव्य स्थलको रूपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरूलाई आकर्षित गरी नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भएकोले मन्त्रालयले प्रवर्द्धनात्मक कार्यक्रम तय गरेको हो ।

खुला हाफ म्याराथन प्रतियोगितामा १०१ जना पुरुष र महिला २९ जना सहभागी थिए । बिहान ६ बजे विराटनगर १८ स्थित भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु भएको म्याराथन बर्जुमा पुगेर औपचारिक समापन हुनेछ । 

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले करसहित १ लाख रुपैयाँ, द्वितीयले ७५ हजार रुपैयाँ, तृतीयले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् भने तीन जनाले १५ हजार रुपैयाँ राशिको सान्त्वना पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै महिलाहरूका लागि छुट्टै ५ किलोमिटर दूरीको दौड प्रतियोगिता पनि आयोजना गरिने छ । उक्त प्रतियोगिताका विजयी खेलाडीले २५ हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Marathun (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप