बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ: सांसद वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । शनिबार अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताएका हुन् ।
उहाँले अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अप्ठ्यारो हुने गरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । उनले भने, ‘यो देशमा पोलिसी करप्शन बढ्यो । यसरी गरिन थाल्यो की अब त कागजपत्र मिलाएर नियमावली संशोधन गरेर उस्तै परे ऐन नै संशोधन गरेर सामर्थ्य भए त संविधान नै संशोधन गरेर पनि करप्शनलाई लिगलाइज गर्ने गरेर गएको छ हामीले हाक्काहाक्की अभियुक्त गल्ती गर्नेहरूलाई पक्रन पनि गाह्रो हुने गरेर यो अघि बढेको छ । धेरै कुराहरू अर्थ मन्त्रालयमा नै गएर ठोक्किने भएकाले यसमा पनि केही सोच यहाँले सार्नुहोला । लाइसेन्सिङ र पोलिसी करप्शनलाई यहाँले प्रहार गर्नुहोला । बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला । समग्र बजेटको विश्वसनीयतामा कस्ता कस्ता अङ्कहरूको तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ । अनुदान छ्याप्पै सुकेको छ । बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण