बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ: सांसद वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । शनिबार अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताएका हुन् ।
उहाँले अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अप्ठ्यारो हुने गरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । उनले भने, ‘यो देशमा पोलिसी करप्शन बढ्यो । यसरी गरिन थाल्यो की अब त कागजपत्र मिलाएर नियमावली संशोधन गरेर उस्तै परे ऐन नै संशोधन गरेर सामर्थ्य भए त संविधान नै संशोधन गरेर पनि करप्शनलाई लिगलाइज गर्ने गरेर गएको छ हामीले हाक्काहाक्की अभियुक्त गल्ती गर्नेहरूलाई पक्रन पनि गाह्रो हुने गरेर यो अघि बढेको छ । धेरै कुराहरू अर्थ मन्त्रालयमा नै गएर ठोक्किने भएकाले यसमा पनि केही सोच यहाँले सार्नुहोला । लाइसेन्सिङ र पोलिसी करप्शनलाई यहाँले प्रहार गर्नुहोला । बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला । समग्र बजेटको विश्वसनीयतामा कस्ता कस्ता अङ्कहरूको तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ । अनुदान छ्याप्पै सुकेको छ । बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिनल्याण्डमा मिथिला चित्रकला प्रदर्शनी
-
मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाको न्यायोचित पुनर्स्थापना गर्न नसकिएको गुनासो
-
हिरोको लागि ब्राण्ड एम्बेस्डरमा सुशान्त, सुरक्षा र दयाहाङ नियुक्त
-
एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूको पठाओमा निःशुल्क रजिस्ट्रेसन
-
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड
-
सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला