प्रकाश दाहाल स्मृति बक्सिङ असारमा
काठमाडौँ । प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा ओलम्पिक तौल पुरुषतर्फ सात र महिलामा ६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ५१, ५७, ६३, ७१, ८०, ९२ र ९२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ५०, ५४, ५७, ६०, ६६ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिए । उनले हरेक तौल समूह र महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने बताए । उनले पुरस्कारका बारेमा पछि विस्तृत रूपमा जानकारी दिने बताए ।
कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष किरणबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य तथा प्रवक्ता श्याम अवाले, केन्द्रीय सदस्य मानबहादुर भण्डारी, प्रनिर अधिकारी, अखिल नेपाल खेलकुद संघका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी, प्रशिक्षक र बक्सिङप्रेमीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण