पोखरीमा एक युवकको शव फेला
शनिबार, ०६ जेठ २०८०, २० : १९
महोत्तरी । महोत्तरीको भारतीय सीमावर्ती सम्सी–६ को पोखरीमा एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार सोही बस्तीका रामदयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो ।
पोखरी डिलमा चिप्लिएर महतोको मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि शव परीक्षण प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । शव परीक्षणका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण