प्याडमा लुकाइएको ब्राउनसुगरसहित एक युवती पक्राउ
शनिबार, ०६ जेठ २०८०, २१ : ०३

काठमाडौं । नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा महिलालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेकी छन् । काठमाडौं आउन लागेकी उनलाई चेकजाँचका क्रममा उनले लगाएको भित्र वस्त्रमा प्याडको बीच भागमा प्लास्टिकको पोको पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको हो ।
उनको साथबाट १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामत भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य