आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषले महिनावारीबारे जान्न किन जरुरी ?

आइतबार, ०७ जेठ २०८०, १५ : १५
आइतबार, ०७ जेठ २०८०

नसीरुद्दीन / बीबीसी हिन्दी

केही दिन अघि महाराष्ट्रको उल्हासनगरबाट एउटा खबर आयो, १२ वर्षकी किशोरी पहिलो पटक महिनावारी भइन् । उनको लुगा महिनावारीको रगतले रंगियो । भाइले रगतको दाग देखे ।

उनले आफ्नी १२ वर्षकी बहिनी महिनावारी भएको हुनसक्ने अनुमान गरेनन् । यसलाई त उनले यौन सम्बन्धसँग जोडे । परिवारको इज्जत त्यसमा जोडिएको हुनुपर्छ । त्यसपछि त्यही महिनावारी किशोरीमाथि अत्याचारको कारण बन्यो ।

अत्याचारले बालिकाको ज्यान लियो । जब कोही स्त्रीमाथि हिंसा हुन्छ, त्यसका धेरै कारण हुन्छन् ।

प्रहरीले दाजुलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । तर यो मामिलामा महिनावारीबारे कम जानकारीको चर्चा बारम्बार भइरहेको छ । 

आजको युगमा केटाहरूलाई महिनावारीको बारेमा थाहा नहुनु अचम्मको कुरा लाग्ला तर सत्य यो हो कि धेरै पुरुषलाई महिनावारी बारे थाहा छैन ।

भलै ती पुरुष विवाहित नै किन नहुन् । थुप्रै पुरुषहरूले महिलाको रगतको एउटै अर्थ बुझ्छन् । उनीहरुका लागि महिलाको शरीरबाट रगत बग्नु भनेको यौन सम्बन्ध मात्र हो ।

महिनावारी बारे पूर्ण ज्ञान नहुँदा  त्यसबाट उत्पन्न हुने समस्याबारे पनि पूर्ण ज्ञान नहुने त जगजाहेर छ । 

menstruation1महिनावारी कुनै रोग होइन

के पुरुषहरूलाई थाहा छ कि महिनावारी एक प्राकृतिक जैविक प्रक्रिया हो ?

यो सामान्य हो । यो कुनै रोग होइन । धेरैजसो महिलाको महिनावारी महिनामा एक पटक हुन्छ । एक चक्रको रूपमा चल्छ । यो चक्र औसत २८ दिनको हुन्छ ।

हुन त महिनावारी २१ देखि ३५ दिनमा जुनसुकै बेला हुनसक्छ । महिनावारी हुँदा गर्भाशय भित्रबाट रगत निस्कन्छ ।

महिनावारी सुरु हुनु भनेको महिलाको शरीर गर्भावस्थाको लागि तयार हुने प्रक्रिया सुरु गरिरहेको छ भनेर जानकारी दिनु हो । 

यसले महिलाको शरीरमा हुने हर्मोनल परिवर्तनबारे पनि जानकारी दिन्छ । 

padविभिन्न भ्रमबीच महिला जीवन

यो प्राकृतिक महिनावारीलाई लिएर हाम्रो समाजमा विभिन्न किसिमका भ्रम पनि व्याप्त छन् । त्यसमा पनि यस्ता धेरै प्रचलन छन्, जसले महिलाको ज्यान जोखिममा पार्छ ।

धेरै समाज र धर्ममा महिनावारीको समयमा महिलालाई अपवित्र मानिन्छ ।

त्यसैले उनीहरू पूजापाठबाट टाढा रहनुपर्छ । चाडबाड, व्रत इत्यादि ‘पवित्र’ भनिने अनुष्ठानका लागि योग्य हुँदैनन् । यस्ता अवसरमा परै बस्नुपर्छ ।

महिनावारी बारे कुरा गर्नुको अर्थ ‘प्याड’ बारे कुरा गर्नु होइन

महिलाको जीवनको यो महत्त्वपूर्ण कुरालाई केटाहरूले रहस्य ठान्छन् । तर, टेलिभिजनमा आउने प्रचार र विगतमा महिनावारीबारे बढ्दो चर्चाले सचेतना अवश्य बढेको छ । यो चेतना बजारका कारण बढी भएको हो ।

यो सचेतना सेनेटरी प्याडको दायरासम्म सीमित छ । अर्थात्, महिनावारीका बेला सर–सफाइको विशेष ध्यान राख्नुपर्छ । जे पायो त्यही प्रयोग गर्नु हुँदैन । प्याड प्रयोग गर्नुपर्छ । 

तर कुरा यहाँसम्म मात्र सीमित छैन । यो त किशोरी, युवती र महिलाको प्रजनन र यौन स्वास्थ्यसँग सम्बन्धित विषय हो । वर्षौँदेखि हरेक महिना, यसले उनीहरूको जीवनलाई एक विशेष घेरामा बाँध्न खोज्छ ।

coupleपुरुषले महिनावारी बारे किन थाहा पाउनुपर्छ ?

पुरुषलाई स्त्रीको प्रजनन र यौन स्वास्थ्यबारे के थाहा छ ? 

के पुरुषलाई थाहा छ ? एक महिलाको जीवनमा हरेक महिना ६–७ दिन कस्तो हुन्छ ? थाहा छैन भने जान्न जरुरी छ । 

यो बिना, हामी हाम्रा दिदी– बहिनीको स्वभाव वा मनस्थिति बुझ्न सक्षम हुनेछौँ, न त कुनै साथी वा जीवन साथीको ।

हरेक महिनाको यी केही दिनले यो अनुभूति गराउँछ कि स्त्रीसँग त्यो शक्ति छ, जो हामी पुरुष (चाहे जति नै पुरुषार्थ देखाऔँ) सँग छैन । 

ती दिनमा उनको शरीरमा एक आन्तरिक प्रक्रिया चल्छ । यो प्रक्रियाले उनलाई अपवित्र बनाउँदैन । त्यसैले हामीले उनीसँग जोखिमयुक्त व्यवहार गर्नु हुँदैन । 

couple1महिनावारी भनेको शरीर र दिमागमा धेरै परिवर्तन हुनु हो

यो प्रक्रिया सुरु हुनु अघि, किशोरी वा महिलामा धेरै परिवर्तन आउँछन् । यसलाई महिनावारी अघिको समस्या भन्न सकिन्छ ।

अङ्ग्रेजीमा यसलाई पिएमएस अर्थात् प्रि–मिन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ ।  यसमा मनसँगै तनमा पनि परिवर्तन हुन्छ ।

चिकित्सा विज्ञान भन्छ कि यी परिवर्तनहरू २०० प्रकारका हुन सक्छन् । यसमा मनको उतारचढाव अथाह छ । किशोरीहरूको मुड तल–माथि भइरहन्छ । चिडचिडेपन बढ्छ । 

प्रत्येक कुरामा रुन मन लाग्छ । तनाव र चिन्ता हाबी रहन्छ । निद्रा लाग्दैन । टाउको दुख्ने, थकाई लाग्ने हुन्छ । यौन इच्छा घट्ने–बढ्ने हुन्छ । 

तनले पनि पीडा दिन्छ तर मनभन्दा कम । तनको पीडाको औषधी हुन सक्ला तर मनको के ? त्यसलाई त मनकै सहारा चाहिन्छ । 

त्यसैले ती दिनलाई जान्न जरुरी छ

यी सबै लक्षण प्रत्येक किशोरी वा महिलामा हुन्छ नै भन्ने छैन । त्यसैले हामी किशोर वा पुरुषले हाम्रो घरका किशोरी वा महिलाको यी दिनहरूबारे जान्न र बुझ्न धेरै महत्त्वपूर्ण छ ।

जब पुरुषलाई ती दिनबारे थाहा हुन्छ तब मात्र उनीहरूले त्यस समयमा उनीहरूको व्यवहार र मुडलाई न्याय गर्न सक्षम हुनेछन् ।

तदनुसार हामीले आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्छ ।

यदि पुरुषले ती परिवर्तन महसुस गरेनन् र त्यस अनुसार आफूलाई परिवर्तन गरेनन् भने के होला ? 

हामीले याद राख्नु पर्छ कि यी परिवर्तनहरू किशोरीको सामान्य दैनिक व्यवहारको परिणाम होइन । यो प्रकृतिको चक्रसँग सम्बन्धित छ ।

प्रत्येक महिना प्रकृतिको यस चक्रबाट हुने परिवर्तनसँग जुध्न हामीले आमा, छोरी, दिदीबहिनी, साथी, जीवनसाथीलाई कसरी र कति हदसम्म मद्दत गर्न सक्छौँ भन्ने निर्णय गर्नुपर्छ ।

यदि हामी पुरुषहरूले यी विशेष दिनहरूमा उनीहरूको मुड र उनीहरूको शब्दलाई बुझ्यौँ वा बेवास्ता गरेनौँ भने, ढुक्क हुनुहोस्, हामी पुरुषहरू संसारका सर्वश्रेष्ठ मानवहरू मध्ये एक साबित हुनेछौँ ।

menstruation2त्यसो भए केटाहरूले महिनावारीको समयमा के गर्ने ?

हामीले यी दिनमा स्त्रीमाथि ध्यान दिऔँ । उनीहरूलाई संवेदनशील तरिकाले बुझौँ । उनीहरूलाई यससँग बाँच्न र दैनिक जस्तै बाँच्न मद्दत गर्नुहोस् ।

सायद प्रकृतिले यही काम हामी केटाका लागि निर्धारण गरेको हो । यो कालो पोलिथिनमा बन्द गर्ने कुरा चिज होइन । अपवित्र होइन । डराउनु पर्ने पनि छैन । रोग त झन् हुँदै होइन । 

हो, कुनै किशोरी वा महिलालाई महिनावारीका कारण कुनै समस्या भएमा, यदि उनी आराम गर्न चाहन्छिन् वा चुलो–चौको वा अन्य घरायसी काम गर्न चाहँदैनन् भने उनलाई आराम गर्न मद्दत गर्नुहोस् ।

घरको कुनै कुनामा होइन, जहाँ उनको ठाउँ छ, त्यही आराम गर्न दिनुहोस् । उनको खानपिनको ख्याल राख्नुहोस् । 

यो सबै गर्न हामी केटाले महिलाको हातमा छोडेको घरायसी कामहरू गर्नुपर्छ ।

विशेष गरी यस समयमा उनीहरूको स्वभावको ख्याल राख्नुहोस् । केहि सहन सक्ने शक्ति पैदा गर्नुहोस् । अन्यथा, कहिलेकाहीँ चीजहरू अनजानमा बिग्रन्छन् ।

हामीलाई यसबारे थाहा भयो भने उनीहरूको कुराको नजरअन्दाज गर्न पनि सिक्नेछौँ । यसै कारण जागिर खाने स्त्रीलाई महिनावारीका बेला छुट्टी दिनुपर्छ भनेर वकालत गरिन्छ ।

यहाँ के कुरा पनि याद गर्नुपर्छ भने महिनावारी स्वच्छता वा प्याडको मुद्दा मात्रै होइन । यो त्योभन्दा धेरै ठुलो छ । यसमा के हामी पुरुषहरू महिलालाई महिनावारीमा सहयोग गर्न तयार छौँ ?

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप