महिनाको १ दिन विद्यालयहरुमा अनेरास्ववियुको अनिवार्य स्वयंसेवकीय कक्षा (निर्णयको पूर्णपाठ)
काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महिनाको एक दिन अनिवार्यरुपमा स्वयंसेवकीय कक्षा दिने निर्णय गरेको छ । आइतबार अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो बैठक (४–६ जेष्ठ २०८०) को निर्णय सार्वजनिक गर्दै अध्यक्ष समिक बडालले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्यरुपमा स्वयंसेवकीय कक्षा दिने तय भएको जानकारी दिएका हुन् ।
यस्तै निजी शैक्षिक संस्थाहरुले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने निर्णय बैठकले गरेको छ । जसअनुसार छात्रवृत्तिलाई १० प्रतिशतबाट २० प्रतिशतमा वृद्धि गर्न पहल गर्ने अनेरास्ववियुको निर्णय छ ।
बैंठकको २८ बुँदे निर्णयमा विद्यार्थीको सहभागिता र प्रतिभा प्रदर्शनलाई प्रोत्साहित गर्न चित्रकला, फोटोग्राफी, लेखन, वा सार्वजनिक वक्तृत्व कला सम्वन्धी अनलाइन प्रतियोगिताहरू र प्रतिस्पर्धाहरू चलाउने निर्णय पनि भएको छ ।
यस्तै त्रिविमा सञ्चालन भएका प्राइभेट कार्यक्रमहरुलाई तत्काल नियमित कार्यक्रममा लैजान आवश्यक जनशक्ति तयार गर्न सरकार र सम्बन्धित विश्वविद्यालयलाई दबाब दिने निर्णय पनि भएको छ ।
प्रत्येक प्रदेशमा अनिवार्य रुपमा एक प्रदेश एक कलेज सञ्चालन गर्नका लागि पहल गर्ने, प्रत्येक प्रदेशमा आर्युवेद, पर्यटन, कृषि, भेटेरिनरी, फिसरी साइन्स, डेरी साइन्स जस्ता विषयहरु अध्यापन हुने सरकारी क्याम्पसहरु स्थापनाका लागि पहल गर्ने लगायतका निर्णय पनि भएका छन् ।
<
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण