नेप्से सूचक ५ अंकले बढेर बन्द, १ अर्ब ६० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो दिन अर्थात् आइतबार नेप्से सूचक ५ अंकमाथिले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५.८८ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लिएको हो ।
उसो त अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा अडिएको थियो ।
नेप्से सूचक बढेसँगै आज कारोबार रकम समेत डेड अर्बमाथि भएको छ । आज १ अर्ब ६० करोड ४ लाख रुपैयाँ बराबरको ४८ लाख २८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक आज ९ वटा उपसूचक धनात्मक भएका छन् ।
आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । तर, यता आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज ६.६५ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण