भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता हुँदैन : महरा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले कुनै पार्टी वा नेतासँग भुटानी शरणार्थी प्रकरणमा सम्झौता नहुने बताए ।
‘भुटानी शरणार्थी प्रकरणमा सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि सकारात्मक प्रभाव पारेको छ । यसलाई अघि बढाउनुपर्छ । पदाधिकारी बैठकले सरकार खुट्टा नकमाएर अघि बढोस् हामी समर्थन गर्न तयार छौं भनिसकेको छ’ महराले भने, ‘यो प्रकरणमा प्रधानमन्त्रीसहित ओली देउवाबीच भेटघाट भइराखेको छ । यस विषयमा आशंका व्यक्त भएको छ । यो कतै सम्झौता हुन्छ कि भन्ने छ । यो सम्झौता गर्ने विषय होइन ।’ प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओली सक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा छलफल हुने गरेको महराले बताए ।
जनमुक्ति सेनाको विषयमा संसदमा उठेपनि कुनै आर्थिक हिनामिना नभएको उनले बताए । ‘जनमुक्ति सेनाको क्याम्पको विषय संसदमा उठेको छ । त्यसमा म पनि सहभागी छु । साढे ६ वर्ष जनमुक्ति सेनाको रेखदेख राज्यले लियो । सबैभन्दा पहिलेको ५ महिना सेनाको क्याम्प व्यवस्थापन भनेर मैले ४६ करोड रुपैयाँ बुझेको थिए’ महराले भने,‘अरु झण्डै २० अर्ब रुपैयाँ खर्च भएको छ होला । त्यो सबै बजेट शिविर व्यवस्थापन कार्यालयबाटै खर्च भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण