शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हैदरावादलाई हराउँदै मुम्बईको आशा कायमै, बैंग्लोरको खेलको प्रतीक्षा

आइतबार, ०७ जेठ २०८०, २० : १४
आइतबार, ०७ जेठ २०८०

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ । टोलीले १८ ओभरमा २०१ रनको लक्ष्य पछ्यायो। खेलमा क्यामरुन ग्रीनले आईपीएल करियरको पहिलो शतक बनाउँदै टोलीलाई जीत दिलाए । 

वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको एसआरएचले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । जवाफमा मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

जीतपछि मुम्बई १६ अंकसहित चौथो स्थानमा पुगेको छ । तर प्लेअफमा छनोट हुन उनीहरूले लिग चरणको अन्तिम खेलमा बैंग्लोरको खेललाई पर्खनु पर्नेछ । बैंग्लोर हारे वा वर्षाका कारण खेल रद्द भए मुम्बई छनोट हुनेछ । बैंग्लोरले जित्यो भने मुम्बई बाहिरिनेछ ।

हैदरावादका ओपनर मयंक अग्रवाल र विभ्रान्त शर्माले पहिलो इनिङ्समा १४० रनको साझेदारी गरे। मयङ्कले ८३ र विभ्रान्तले ६९ रन बनाए । हैदरावादका तर्फबाट हेनरिक क्लासेनले १३ बलमा १८, ग्लेन फिलिप्सले ४ बलमा, सनवीर सिंहले ३ बलमा ४ र एडेन मार्करामले ७ बलमा १३ रन बनाए । ह्यारी ब्रुक गोल्डेन डकको लागि आउट भए। मुम्बईका लागि माधवालले ४ विकेट लिए भने क्रिस जोर्डनले १ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप