हैदरावादलाई हराउँदै मुम्बईको आशा कायमै, बैंग्लोरको खेलको प्रतीक्षा
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ । टोलीले १८ ओभरमा २०१ रनको लक्ष्य पछ्यायो। खेलमा क्यामरुन ग्रीनले आईपीएल करियरको पहिलो शतक बनाउँदै टोलीलाई जीत दिलाए ।
वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको एसआरएचले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । जवाफमा मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
जीतपछि मुम्बई १६ अंकसहित चौथो स्थानमा पुगेको छ । तर प्लेअफमा छनोट हुन उनीहरूले लिग चरणको अन्तिम खेलमा बैंग्लोरको खेललाई पर्खनु पर्नेछ । बैंग्लोर हारे वा वर्षाका कारण खेल रद्द भए मुम्बई छनोट हुनेछ । बैंग्लोरले जित्यो भने मुम्बई बाहिरिनेछ ।
हैदरावादका ओपनर मयंक अग्रवाल र विभ्रान्त शर्माले पहिलो इनिङ्समा १४० रनको साझेदारी गरे। मयङ्कले ८३ र विभ्रान्तले ६९ रन बनाए । हैदरावादका तर्फबाट हेनरिक क्लासेनले १३ बलमा १८, ग्लेन फिलिप्सले ४ बलमा, सनवीर सिंहले ३ बलमा ४ र एडेन मार्करामले ७ बलमा १३ रन बनाए । ह्यारी ब्रुक गोल्डेन डकको लागि आउट भए। मुम्बईका लागि माधवालले ४ विकेट लिए भने क्रिस जोर्डनले १ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण