बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यार्सा संकलन गर्दैगर्दा हिउँ पहिरो : १ को मृत्यु, २ बेपत्ता

आइतबार, ०७ जेठ २०८०, २० : ३३
आइतबार, ०७ जेठ २०८०

बझाङ  । यार्सागुम्बा संकलन गर्दैगर्दा माथिबाट आएको हिउँ पहिरोमा परेर बझाङमा १ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता र २ जना घाइते भएका छन् ।

यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिउँ पहिरो गएको हो । घटनामा सुर्मा गाउँपालिका ३ का ३८ वर्षीय रामकोइला देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । 

यसैगरी उनका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र  जयपृथ्वी नगरपालिका ११ घर भएका वर्ष  १४ का आकाश धामी घाइते भएका छन् । घटनामा जयपृथ्वी नगरपालिका ११ घर भएका १८ वर्षीय रमिता धामी र १४ वर्षीय जामती धामी बेपत्ता भएको भण्डारीले बताए ।  

उनले बेपत्ताको खोजी कार्यका लागि सुर्मा प्रहरी चौकीबाट घटनास्थल पठाइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप