यार्सा संकलन गर्दैगर्दा हिउँ पहिरो : १ को मृत्यु, २ बेपत्ता
आइतबार, ०७ जेठ २०८०, २० : ३३
बझाङ । यार्सागुम्बा संकलन गर्दैगर्दा माथिबाट आएको हिउँ पहिरोमा परेर बझाङमा १ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता र २ जना घाइते भएका छन् ।
यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिउँ पहिरो गएको हो । घटनामा सुर्मा गाउँपालिका ३ का ३८ वर्षीय रामकोइला देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
यसैगरी उनका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका ११ घर भएका वर्ष १४ का आकाश धामी घाइते भएका छन् । घटनामा जयपृथ्वी नगरपालिका ११ घर भएका १८ वर्षीय रमिता धामी र १४ वर्षीय जामती धामी बेपत्ता भएको भण्डारीले बताए ।
उनले बेपत्ताको खोजी कार्यका लागि सुर्मा प्रहरी चौकीबाट घटनास्थल पठाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण