शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंग्लोरका समर्थकको निशानामा शुभमन र उनको दिदी, ज्यान मार्ने धम्की

सोमबार, ०८ जेठ २०८०, १४ : ५९
सोमबार, ०८ जेठ २०८०

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) लगातार राम्रो प्रदर्शन गरिरहेका गुजरात टाइटन्सका स्टार ब्याट्सम्यान शुभमन गिलले आइतबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शतक बनाउँदै आफ्नो टोलीको जीतमा महत्त्वपूर्ण भूमिका खेले । गुजरातसँग हारेपछि बैंग्लोर प्लेअफमा पुग्न सकेन ।

बैंग्लोरको हारबाट क्रुद्ध बनेका फ्यानहरुले गिललाई आफ्नो निशाना बनाए र सामाजिक सञ्जालमा गाली वर्षा गर्न थाले । उनीहरूले शुभमनको दिदी शाहनील गिललाई पनि अपशब्द प्रयोग गरेका छन् । उनीहरूले ज्यानको धम्कीसमेत दिएका छन् । शाहलीन सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी छन् । उनको इन्सटाग्राममा ९७ हजार फलोअर्स रहेका छन् ।

FwsuQqJX0AIlOW6

साबिक विजेता गुजरातले बैंग्लोरलाई छ विकेटले हरायो । हारसँगै बैंग्लोरको प्लेअफ पुग्ने सपना चकानाचुर बन्यो । खेलमा गिलले ५२ बलमा नटआउट रहँदै १०४ रन बनाए । सिजनमा उनको दोस्रो शतक हो ।

FwrTkomagAAws4l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप