बैंग्लोरका समर्थकको निशानामा शुभमन र उनको दिदी, ज्यान मार्ने धम्की
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) लगातार राम्रो प्रदर्शन गरिरहेका गुजरात टाइटन्सका स्टार ब्याट्सम्यान शुभमन गिलले आइतबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शतक बनाउँदै आफ्नो टोलीको जीतमा महत्त्वपूर्ण भूमिका खेले । गुजरातसँग हारेपछि बैंग्लोर प्लेअफमा पुग्न सकेन ।
बैंग्लोरको हारबाट क्रुद्ध बनेका फ्यानहरुले गिललाई आफ्नो निशाना बनाए र सामाजिक सञ्जालमा गाली वर्षा गर्न थाले । उनीहरूले शुभमनको दिदी शाहनील गिललाई पनि अपशब्द प्रयोग गरेका छन् । उनीहरूले ज्यानको धम्कीसमेत दिएका छन् । शाहलीन सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी छन् । उनको इन्सटाग्राममा ९७ हजार फलोअर्स रहेका छन् ।

साबिक विजेता गुजरातले बैंग्लोरलाई छ विकेटले हरायो । हारसँगै बैंग्लोरको प्लेअफ पुग्ने सपना चकानाचुर बन्यो । खेलमा गिलले ५२ बलमा नटआउट रहँदै १०४ रन बनाए । सिजनमा उनको दोस्रो शतक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण