बागमती प्रदेशसभा : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेश
मकवानपुर । बागमती प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
उनले पेश गरेको उक्त प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठकले स्वीकृति समेत दिएको छ । उक्त प्रस्तावमाथि बुधबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ ।
प्रदेश सरकारले संविधानमा परिकल्पना गरे अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा आगामी बजेट तर्जुमा गरिने, प्रदेशको संस्थागत विकास र संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर दायित्व पूरा गर्न बजेट केन्द्रित रहने मन्त्री लामाले बताए ।
सार्वजनिक सेवा प्रवाहमा प्रदेश सरकारले गर्ने लगानी अभिवृद्धि गर्ने, प्रदेशमा आर्थिक असमानता न्यून गर्ने, पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गरिने, पर्यटन क्षेत्रमा रोजगारीका अवसर निर्माणमा बजेट केन्द्रित हुने, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रसँग थप सहकार्य गर्ने, विपद् जोखिम न्यूनीकरण र उद्यमशीलता विकासमा बजेट विनियोजन गर्ने, भौतिक विकासमा विपद् व्यवस्थापनलाई आन्तरिकरणमा बजेट केन्द्रित रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण