यस्ता छन् न्याम्सलाई अगाडि बढाउने निमित्त उपकुलपति बस्नेतका ६ एजेण्डा
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति प्रा.डा भुपेन्द्रकुमार बस्नेतले न्याम्सलाई अगाडि बढाउन ६ एजेण्डा प्रस्तुत गरेका छन् । मंगलबार पत्रकारसँगको भेटघाटमा उनले न्याम्सलाई विकास गर्नुको विकल्प नभएको बताएका हुन् ।
प्रा.डा बस्नेतले न्याम्सको नाममा रहेको दुवाकोटको जग्गामा अस्पताल सेवा, एकेडेमी जोन, रेसिडिएनसिल सर्भिस रूपमा विकास गर्नुको विकल्प नभएको बताए । यस्तै कोशी, भरतपुर नेपालगन्ज अस्पतालमा संघीय शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । गुणस्तरीय शिक्षाका लागि अनुसन्धानलाई प्राथमिकता दिइनुपर्ने उनको भनाइ छ ।
यस्ता छन् बस्नेतका एजेण्डा
–चिकित्सक उत्पादनमा सङ्ख्यात्मक रूपमा वृद्धिभन्दा गुणात्मकता तर्फ ध्यान दिइनुपर्ने,
–न्याम्सको विकास गर्नका लागि दुवाकोटको योजनालाई अगाडि बढाउनुपर्ने,
–न्याम्सलाई नेपालको केन्द्रीय अस्पताल बनाउनुपर्ने,
–न्याम्सबाट संघिय अस्पतालका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने,
–एकेडेमिक अनुसन्धानलाई अगाडि बढाइनुपर्ने,
–न्याम्सको अन्तर्राष्ट्रिय अनुसन्धान शाखा बनाइनुपर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण