शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

बुधबार, १० जेठ २०८०, ०६ : ४८
बुधबार, १० जेठ २०८०

काठमाडौँ । आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा दिउसो चार बजे उक्त संयुक्त बैठक बस्न लागेको हो । 

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति  ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप