अभिनेता आदित्यको रुममा भेटियो ‘शङ्कास्पद औषधी’
बुधबार, १० जेठ २०८०, ०८ : १९
मुम्बई । बलिउड अभिनेता तथा मोडल आदित्य सिंह राजपूतको पोस्टमार्टम सम्पन्न भएको छ । पोस्टमार्टममा संलग्न डाक्टरले उनको मृत्युको कारण देखाउने रिपोर्ट भने अझै गोप्य राखेका छन् ।
मृतक राजपूतको भिसेराको नमुना फरेन्सिक परीक्षणका लागि पठाइएको छ । उनको निवासबाट केही शङ्कास्पद औषधि पनि बरामद भएको छ, जसलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोस्टमार्टम सम्पन्न भएसँगै अभिनेता राजपूतको शव उनको परिवारलाई हस्तान्तरण गरिएको थियो । उनको ओशिवारा शमशान स्थलमा उनको अन्तिम संस्कार गरिएको मुम्बई पुलिसले जनाएको छ ।
उनका साथीहरूले उनलाई मे २१ मा मृत अवस्थामा उनको अपार्टमेन्टमा भेटेका थिए । उनको मृत्युलाई शङ्कास्पद मान्दै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण