भारतीय अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा मृत्यु

‘ साराभाई भर्सेस साराभाई ’ मा जस्मिनको भूमिका निभाएकी वैभवी उपाध्यायको कार दुर्घटनामा निधन भएको छ । दुर्घटना हिमाचल प्रदेशमा सोमबार अर्थात मे २२ मा भएको थियो । चण्डीगढमा बस्ने उनको परिवार शव लिएर मुम्बई गइरहेको बताइएको छ, जहाँ बुधबार बिहान उनको अन्तिम संस्कार गरिनेछ । निर्माता तथा अभिनेता जेडी मजेठियाले यो खबरको पुष्टि गरेका छन् ।
वैभवी ‘सीआईडी’ र ‘अदालत’ जस्ता धेरै शोकी हिस्सा थिइन् । यद्यपि उनी ‘साराभाई भर्सेस साराभाई’ को लागि बढी चिनिन्छिन् । उनले यस शोमा जस्मीनको भूमिका निभाएकी थिइन् । ‘साराभाई भर्सेस साराभाई’ मा सँगै काम गरेकी अभिनेत्री रुपाली गांगुलीले पनि सामाजिक सञ्जालमा यसका लागि दुःख व्यक्त गरेकी छिन् । उनले वैभवीको तस्बिर सेयर गर्दै लेखिन्, ‘तिमीले छिटै छोडेर गयौ ।’
कारमा प्रेमी पनि थिए
दुर्घटनाका बेला वैभवीका प्रेमी जय सुरेश गान्धी पनि थिए । उनलाई हल्का चोट लागेको छ । उनको बन्जार अस्पतालमा उपचार भइरहेको छ । जानकारीका अनुसार वैभवी आफ्ना प्रेमी जय सुरेश गान्धीसँग उनको फोरचुनर गाडीमा बन्जारको तीर्थन घाटीमा घुम्न गइरहेकी थिइन् । त्यति बेला उनीहरूको गाडी अनियन्त्रित भयो र उनीहरू सडकभन्दा ५० फुट मुनी खसे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?