कपिलवस्तुको मथुरापुरमा आगलागीबाट ३ घर जले
बुधबार, १० जेठ २०८०, ११ : ३२
कपिलवस्तु । कपिलवस्तुमा आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् । मंगलबार राति बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट तीनैवटा घरका लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण