बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरण : कुन अभियुक्तविरुद्ध के–के मुद्दा लाग्यो ?

बुधबार, १० जेठ २०८०, १७ : ४२
बुधबार, १० जेठ २०८०

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरुविरुद्ध सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै मागदावी लिएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अभियक्तहरुविरुद्ध ठगी, किर्ते, संगठित र राज्यविरूद्धको गरी ४ कसुरमा मुद्दा दायर गरिएको छ । जसअनुसार प्रतिवादीहरु टोप बहादुर रायमाझी, बालकृष्ण खाँण, डा. ईन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दिप रायमाझी, नरेन्द्र केसी, बिक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतिक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाञी, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीविरुद्ध ठगीको मुद्दा चलाइएको छ ।  

उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको पुष्टि भएको जिकिर गरिएको छ । सोहीअनुसार उक्त कसूरमा प्रतिवादीहरुलाई सोही संहिताको दफा गरी २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय माग दाबी गरिएको छ ।  यसैगरी टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, डा.ईन्द्रजित राई, टेक नारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दिप रायमाझी, नरेन्द्र केसी, बिक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतिक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाञी, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीविरुद्ध लिखत सम्बन्धी कसूरतर्फ पनि मुद्दा लगाइएको छ । 

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम उनीहरुले सरकारी लिखत किर्तेको कसूर गरेको पुष्टि हुन आएकोले अभियोगपत्रमा उल्लेख छ । प्रतिवादीहरुलाई सोही संहिताको दफा २७६ को उपदफा (३) को (ग) बमोजिम सजाय मागदावी गरिएको छ । यसैगरी  टोप बहादुर रायमाझी, बालकृष्ण खाँण, डा ईन्द्रजित राई, टेकनारायण पाण्डे, टेकनाथ रिजाल र शमशेर मियामाथि राज्य विरुद्धको कसूरको मुद्दा पनि लागेको छ ।

जसअनुसार उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्य विरुद्धको कसूर गरेको पुष्टि हुन आएको भन्दै सजाय मागदाबी गरिएको छ । 
यस्तै केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, टंककुमार गुरुङ, सागर राई, सन्दिप रायमाझी, नरेन्द्र केसी, बिक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, प्रतिक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाञी, सुनिल बुढाथोकी, विनित सावदेन लिम्वु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीमाथि राज्य विरुद्धको कसूरतर्फ समेत मुद्दा चलाइएको छ । 

यस्तै प्रतिवादीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, डा ईन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दिप रायमाझी, नरेन्द्र केसी, बिक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतिक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहनराज राई, दिपा हुमागाञी, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकी समेतले संगठित अपराधसम्बन्धी कसूरको थप मुद्दा दायर गरिएको छ । 

यस्तै प्रतिवादीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, डा.ईन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दिप रायमाझी, नरेन्द्र केसी, बिक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतिक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दिपा हुमागाञी, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीविरुद्ध एकीकृत कसूरतर्फ  पनि थप सजाय मागदाबी भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप